काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ ।
शनिबार उनीहरुबीच भेटवार्ता भएको गोरले सामाजिक सञ्जार एक्स मार्फत जानकारी दिएका हुन् । उनीहरुबीच संयुक्त राज्य अमेरिका र नेपालबीचको साझेदारीलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको छ ।
गोरले लामिछानेसँग भेट्न पाउँदा खुशी लागेको बताएका छन् । उनले लेखेका छन् ‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसँग भेट गर्न पाउँदा खुशी लाग्यो। संयुक्त राज्य अमेरिका र नेपालबीचको साझेदारीलाई अझ सुदृढ बनाउने विषयमा छलफल भयो। नेपालमा नयाँ सरकार परिवर्तनका लागि उल्लेखनीय जनादेशसहित आएको छ, र उनीहरूले घोषणा गरेका सुधारहरू अत्यन्त आशाजनक देखिएका छन्। आगामी दिनहरूमा नजिकबाट सहकार्य गर्न हामी उत्साहित छौँ।’





प्रतिक्रिया