राष्ट्रपति पौडेलद्वारा थप ३ अध्यादेश जारी

राष्ट्रपति पौडेलद्वारा थप ३ अध्यादेश जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा थप ३ अध्यादेश जारी गरेका छन् ।

शनिबार राष्ट्रपति पौडेलले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३ र विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३ जारी गरेका हुन् ।

यसअघि सहकारी अध्यादेश र सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी भइसकेका छन् ।