कांग्रेस नवलपरासीका सभापति पोखरेलद्वारा राजीनामा

कांग्रेस नवलपरासीका सभापति पोखरेलद्वारा राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल – नेपाली कांग्रेस नवलपरासी जिल्लाका सभापति अर्जुन पोखरेलले राजीनामा दिएका छन् ।

स्वास्थ्य समस्याका कारण उनले सभापति पदबाट राजीनामा दिएको जनाएका छन् ।

पोखरेलले आफू नियमित रूपमा पार्टीका कार्यक्रममा सहभागी हुन नसक्ने बताउँदै जिम्मेवारी त्यागेको जनाएका छन् । उनले अन्य सक्रिय नेताहरूले पार्टी चलाउनु आवश्यक भएकाले आफूले छाडेको जनाएका छन् ।