अकुत सम्पत्ति विदेशी बैंकमा राख्ने उच्च पदस्थको विवरण सार्वजनिक हुंदै


काठमाडौं – नेपालका उच्च पदस्थ नेता,व्यापारी र कर्मचारीले शंकास्पद अकुत सम्पत्ति विदेशी बैंकमा लगेर राखेको खुलासा एक अन्तराष्ट्रिय खोजपत्रकारिताले गर्ने भएको छ। नेपालिक्स नाम दिइएको उक्त खुलासामा ५४ अर्ब रुपैयांभन्दा बढि रकम विदेशी बैंकमा रहेको दावी गरिएको छ । खोजपत्रकारिता केन्द्र नेपालले त्यसमा संलग्नहरुको नाम खुलासा हुने ट्विटमार्फत जानकारी दिएको छ। यसअघि पनामा पेपर्समा समेत केही नेपालीले विदेशमा पैसा लुकाएको सार्वजनिक भएपनि अनुसन्धान प्रक्रिया अघि बढ्न सकेको थिएन् ।

पनामा पेपर्स, स्विस लिक्स र अन्तर्रा्ष्ट्रिय खोजपत्रकारिता समूह (आईसीआईजे) मार्फत यसको खोजी गरिएको हो। नेपालबाट अकुत सम्पत्ति विदेशी बैंकमा लगेर राखेकाहरुको नाम समेत पत्ता लागिसकेको बताईन्छ । उनिहरु सवैको नाम सहित सबै विवरण बाहिर ल्याउने तयारी भएको छ ।

‘नेपालिक्स’ नामाकरण गरिएको उक्त खोजमा पचासभन्दा बढी नेपाली (व्यापारी र राजनीतिज्ञ लगायत) को नाम रहेको आशंका व्यक्त गरिएको छ। खोपकेले अवैध धनको ओसार पसार र त्यसले हाम्रो वित्तिय प्रणालीमा असर पार्ने विषय यसमा उजागर गरिएको जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस
Advertisement