काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आइतबार बिहान बस्दै छ।
पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने बैठकमा आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोटको रूपरेखाबारे मुख्य छलफल हुनेछ।
बैठकमा निर्वाचनको तयारीका साथै महाधिवेशन कार्यविधि र संसदीय दलको विधान संशोधनको विषयलाई पनि कार्यसूचीमा राखिएको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए ।
यस्तै, बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम र समसामयिक परिस्थितिबारे विविध शीर्षकअन्तर्गत छलफल हुने बताइएको छ।
बैठकको गम्भीरतालाई ध्यानमा राख्दै सभापति रवि लामिछानेले सबै सचिवालय सदस्यलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएका छन् ।
रास्वपाले आगामी स्थानीय तहको उपनिर्वाचन र संगठन विस्तारलाई प्राथमिकतामा राख्दै आन्तरिक छलफललाई तीव्रता दिएको हो।




प्रतिक्रिया