सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुनचाँदी बजारमा आइतबार सुनको भाउ घटेको छ भने चाँदीकोे मूल्य बढेको छ।

गत शुक्रबारको तुलनामा आइतबार सुन तोलामा एक हजार रुपैयाँले घटेको छ भने चाँदी ६५ रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९५ हजार १०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य पाँच हजार १० रुपैयाँ कायम भएको छ।

गत शुक्रबार एक तोला छापावाल सुन दुई लाख ९६ हजार १०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी ४ हजार ९४५ रुपैयाँमा किनबेच भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७५० र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।