काठमाण्डु – नेपालमा अनलाइनमार्फत इलेक्ट्रोनिक्स सामानहरू बिक्री गर्दै आएको मोबाइलमाण्डु अब अफलाइन बजारमा पनि प्रवेश गर्ने तयारी गरेको छ ।
कम्पनीले आफ्नो पहिलो भौतिक स्टोर काठमाण्डुको तीनकुनेमा वैशाख २१ गते भव्य उद्घाटन गर्दैछ ।
हालसम्म देशभर अनलाइन सेवा प्रदान गर्दै आएको मोबाइलमाण्डुले ग्राहकलाई प्रत्यक्ष रूपमा उत्पादन अनुभव गराउने उद्देश्यले फिजिकल आउटलेट सुरु गर्न लागेको हो । कम्पनीका अनुसार यो कदम टेक अनुभवलाई नजिक ल्याउने रणनीतिअन्तर्गत उठाइएको हो ।
उद्घाटनलाई विशेष बनाउन विभिन्न अफरहरू सार्वजनिक गरिएको छ । कार्यक्रममा ब्ल्याक शार्क गेमिङ ट्याबलेट सार्वजनिक गरिनेछ भने गेमिङ एक्सेसोरीहरूमा ४० प्रतिशतसम्म छुट दिइने कम्पनीले जनाएको छ ।
बालबालिकासम्बन्धी उत्पादनहरूमा ५० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ । स्मार्टफोन खरिद गर्ने ग्राहकहरूले नि:शुल्क उपहार प्राप्त गर्नेछन् भने पुरानो फोन साटेर नयाँ लिन सकिने एक्सचेन्ज सुविधा पनि रहनेछ ।
ग्राहक सहभागिता बढाउन ‘स्पिन द ह्वील’ अफर ल्याइएको छ, जसअन्तर्गत २५०० रुपैयाँभन्दा माथिको खरिदमा विभिन्न उपहार जित्ने अवसर हुनेछ । आउटलेटभित्र फोटो खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्ने ग्राहकहरूले १० हजार रुपैयाँसम्मका उत्पादन जित्न सक्नेछन् ।
उद्घाटनकै दिन विशेष अफरअन्तर्गत इयरबड्स तथा इयरक्लिप्स ५०० रुपैयाँमै उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
मोबाइलमान्डुले आगामी दिनमा अफलाइन विस्तारलाई थप सशक्त बनाउने लक्ष्य राखेको छ । कम्पनीका अनुसार उद्घाटनसँग सम्बन्धित अफरहरू वैशाख २१ देखि २७ गतेसम्म लागू रहनेछन् ।




प्रतिक्रिया