भरूवा बन्दुकसहित १ जना पक्राउ

भरूवा बन्दुकसहित १ जना पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हुम्ला – प्रहरीले भरूवा बन्दुकसहित हुम्लामा १ जनालाई पक्राउ गरेको छ ।

खार्पुनाथ गाउँपालिका–४ बस्ने ६३ वर्षीय मक्कबहादुर रोकायालाई भरूवा बन्दुक १ थान, फलामको रटको गोली १२ थान र बारूद ९० ग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय हुम्लाबाट खटिएको प्रहरी टोलीले उनको घर तलासी गर्दा हातहतियार फेला पारी पक्राउ गरेको हो ।

बन्दुक सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।