थामिएन सेयर बजारको पहिरो, २७०४मा झर्‍यो नेप्से

थामिएन सेयर बजारको पहिरो, २७०४मा झर्‍यो नेप्से

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– साताको पहिलो कारोबारको दिन सोमबार सेयर बजारमा पहिरो गएको छ । यसदिन नेप्से ३४.६३ अंकले घटेर परिसुचक २७०४ अंकमा कायम भएको छ ।

आज कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब ९१ करोडको कारोबार भएकोमा आज ४ अर्ब २६ करोडको भयो ।

यसदिन २७ कम्पनीको सेयर मूल्य बढ्दा २४० को घट्यो भने २ को स्थिर रह्यो ।

आज कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, रिलायन्स स्पिनिङ मिल्स, नेसनल हाइड्रोपावर, आँखुखोला जलविद्युत् कम्पनी र एनआईसी एसिया बैंक अगाडि रहे ।

यसदिन फरवार्ड माइक्रोफाइनान्सको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत बढ्यो भने कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै १२.५८ प्रतिशत घट्यो ।

आज माइक्रोफाइनान्सबाहेक सबै समूहका सूचक घटेका छन् । बैंकिङ ०.८६, विकास बैंक २.१४, फाइनान्स ०.९६, होटल तथा पर्यटन १.३५, जलविद्युत् २.२३, लगानी १.३६, जीवन बीमा ०.४९, उत्पादन तथा प्रशोधन २.५४, निर्जीवन बीमा ०.९३, अन्य ०.५० तथा व्यापार १.३८ प्रतिशत घटे ।