टिप्परको ठक्करबाट पैदलयात्रीको मृत्यु

टिप्परको ठक्करबाट पैदलयात्रीको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- भक्तपुरमा टिप्परको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । भक्तपुर नगरपालिका ०५ मा बा ४ ख ३१५६ नम्बरको टिप्परको ठक्करबाट पैदलयात्री ४३ वर्षका भारतीय नागरिक विसुनदेव सहानीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चालक काभ्रेपलान्चोक मण्डनदेउपुर नगरपालिका १० ज्यामिरे घर भई बनेपा बस्दै आएका ३६ वर्षका श्याम कुमार तामाङ हु्न् । उनलाई प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ ।