घरको कलमा करेन्ट लाग्दा महिलाको मृत्यु

घरको कलमा करेन्ट लाग्दा महिलाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- मोरङको सुनवर्षी नगरपालिका ९ महतो टोलमा सोमबार आफ्नै घरको कलमा करेन्ट लाग्दा एक जना महिलाको मृत्यु भएको छ। करेन्ट लागेर ५० वर्षीया मंगलीदेवी मेहताको मृत्यु भएको मोरङ प्रहरीका निमित्त सूचना अधिकारी, इन्स्पेक्टर लेखनाथ दाहालले बताए।

उनका अनुसार आफ्नै घरको कलमा जोडेको मोटरबाट ‘बिजुली लिक भएर दिउँसो १२ः५० बजेतिर मेहतालाई करेन्ट लागेको हो । बायाँ हातमा अचानक करेन्ट लागेको उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर नरेन्द्रकुमार बोगटीको टोलीले शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पताल पठाएर थप अनुसन्धान अघि बढाएको छ।