काठमाण्डु– पोखराका सुकुमबासीले सडकमा उत्रिएका छन् । काठमाण्डुमा धमाधम डोजर चल्न थालेपछि त्रसित बनेका पोखराका सुकुम्बासीहरूले सोमबार पोखराका सडकमा प्रदर्शन गरेका हुन् ।
उनीहरुले ‘हाम्रो आन्दोलन जारी छ’, ‘डोजर आतंक बन्द गर’,’आवासको हक ज्ञ्यारेन्टी गर’, ‘तीन तहको सरकार न्याय दे’, ‘गरिवको घर उडाउँछौ कसरि सरकार चलाउँछौ’ जस्ता प्लेकार्ड बोकेर सडकमा उत्रिएका हुन् ।

महानगरपालिका-९ स्थित बसपार्क क्षेत्रमा करिब ४ सय ७५ घरधुरी रहेको सुकुम्बासी बस्तीका बासिन्दाले उचित व्यवस्थापनपछि मात्रै डोजर चलाउन माग गरेका छन् ।
पोखरा महानगरपालिकाले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना खाली गर्न ३५ दिनको अल्टिमेटम दिएको छ ।






प्रतिक्रिया