काठमाण्डु– मंगलबार नेपाली बजारमा सुनको भाउ घटेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ तोलामा ३ हजार ८ सय रुपैयाँले घटेको हो ।
हिजो २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ९१ हजार रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ पनि तोलामा १५० रुपैयाँले घटेको छ । हिजो ५०३० रुपैयाँमा कारोबार भएको चाँदी आज ४८३० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।




प्रतिक्रिया