मोरङमा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु, दुई घाइते

मोरङमा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु, दुई घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। अरु दुई जना घाइते भएका छन्। मोरङको सुन्दरहरैँचा नगरपालिका ०७ सलकपुरस्थित पूर्वपश्चिम राजमार्गमा प्रदेश १ ०१ ००१ ख ४३०३ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा को १० प ८१२८ नम्बरको मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा परेर मोटरसाइकल चालक धनकुटा छथर जोरपाटी गाउँपालिका १ का २० वर्षका अनिष बुढाथोकीको मृत्यु भएको हो।

मोटरसाइकल पछाडि सवार मोरङ सुन्दरहरैँचा ७ का १९ वर्षका आशिष विक र १८ वर्ष हरिबहादुर विक घाइते भएका छन्। उनीहरुको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ। ट्रक चालक २३ वर्षका राकेश खड्कालाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ।