काठमाण्डु – व्यवसायी शेखर गोल्छामाथि अर्काे कसूरमा अनुसन्धानका लागि थुनामै राख्न खोज्दा धक्का नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई धक्का लागेको छ ।
धितोपत्र सम्बन्धी कसूरमा ५ लाख धरौटी बुझाएर रिहा भएका गोल्छालाई प्रहरीले तत्कालै पुन: पक्राउ गरेर बिमा सम्बन्धी कसूरमा थुनामै राखिराख्न चाहेको थियो । तर थुनामा राख्न मंगलबार काठमाण्डु जिल्ला अदालतमा पेश गर्दा अदालतले अनुमति दिन अस्वीकार गरेको छ ।
गोल्छा सर्वोच्च अदालतको परमादेशअनुसार धितोपत्र सम्बन्धी कसूरमा ५ लाख धरौटी बुझाएर रिहा भएका थिए । त्यसपछि मंगलबार काठमाण्डु जिल्ला अदालतसँग अनुमति मागिएकोमा न्यायाधीश मोना सिंहको इजलासले थुना अनुमति दिन अस्वीकार गरेको छ ।




प्रतिक्रिया