काठमाण्डु – नेपाल चिकित्सक संघको अध्यक्षमा डा. बद्री रिजाल निर्वाचित भएका छन् ।
संघको ३०औँ कार्यकारिणी समिति चयनका लागि सम्पन्न निर्वाचनमा प्रतिस्पर्धी डा. मंगल रावललाई २५६ मतान्तरले पराजित गर्दै डा. रिजाल अध्यक्षमा निर्वाचित भएका हुन् ।
रिजालले ३ हजार १९६ मत ल्याउँदा प्रतिस्पर्धी डा. मंगल रावलले २ हजार ९४० मत पाएका छन् ।
संघको वरिष्ठ उपाध्यक्षमा डा. सञ्जिव तिवारी विजयी भएका छन् । उनले ३ हजार ३६ मत पाउँदा प्रतिस्पर्धी डा. कीर्तिपाल सुवेदीले २ हजार ३०२ मत ल्याएका छन् ।
महासचिवमा डा. विश्वराज दवाडीले २ हजार ७२२ मत ल्याएर निर्वाचित भएका छन् । उपाध्यक्षमा डा. रोशन खड्का (कोशी), डा.अमृत राजन मिश्र (मधेश), डा.सुवास भट्टराई (बागमती), डा. योगेशराज सिग्देल (गण्डकी), डा.नन्दा गुरुङ (लुम्बिनी), डा. रविन खड्का (कर्णाली) र डा.प्रमोद जोशी (सुदूरपश्चिम) विजयी भएका छन् ।
संघको सचिवमा डा. हुलास अग्रवाल र कोषाध्यक्षमा डा. तेजुसिंह मल्ल विजयी भएका छन् । सदस्य पदमा डा. अमित झा, डा. राकेश साह, डा. पल्पसा श्रेष्ठ, डा. विना श्रेष्ठ, डा. सुमित काफ्ले र डा. शेषराज घिमिरे निर्वाचित भएका छन् ।
संघको नयाँ नेतृत्व चयनका लागि काठमाण्डु उपत्यकाबाहिर वैशाख ४ र ५ गते तथा काठमाण्डु उपत्यकामा वैशाख १७ र १८ गते निर्वाचन भएको थियो ।




प्रतिक्रिया