सरकारले पेट्रोलियम पदार्थलगायत इन्धनको मूल्य घटाउन नसकिने

सरकारले पेट्रोलियम पदार्थलगायत इन्धनको मूल्य घटाउन नसकिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले पेट्रोलियम पदार्थलगायत इन्धनहरूको मूल्य घटाउन सकिने अवस्था नरहेको दाबी गरेका छन् । इन्डियन आयल कर्पोरेसन आईओसी ले तोकेको मूल्यअनुसार बिक्री गर्नुपर्ने भएकाले घटाउन नसकेको बताए ।

मंगलबार संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा राउतले सरकारले बाध्य भएर उक्त वस्तुहरूको मूल्य बढाउनुपर्ने अवस्था रहेको दाबी गरे । आम उपभोक्ताहरूले मूल्यवृद्धि नियन्त्रण गर्न सरकारलाई दबाब दिइरहेको अवस्थामा सचिव राउतले अहिले पनि खाना पकाउने ग्यास, पेट्रोललगायत वस्तुहरूमा सरकारले घाटामा व्यापार गरिरहेको दाबी गरे ।

स्वचालित मूल्यमा बिक्री गर्ने हो भने सरकारले पेट्रोललगायत इन्धनहरूको बिक्री गर्दा हालको भन्दा पनि बढी मूल्य पर्न जाने उनले बताए । सरकारले उपभोक्ताहरू मारमा नपरुन् भनेर नै स्वाचालित मूल्यअनुसार उक्त वस्तुको बिक्री नगरेको उनको भनाइ छ ।