तीन दिनदेखि विद्युत् विहीन १३ हजार घरपरिवार

तीन दिनदेखि विद्युत् विहीन १३ हजार घरपरिवार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- गत शनिबार राति स्याङ्जा वालिङ १ कालीमाटीस्थित सबस्टेसनमा परेको चट्याङका कारण ट्रान्सफर्मरमा क्षति पुगेपछि बुटवल पावर कम्पनी बिपिसीका १३ हजार उपभोक्ता तीनदेखि विद्युत् विहीन भएका छन्। विद्युत् सेवा उपभोग गरिरहेका वालिङ नगरपालिका र भीरकोट नगरपालिकामा करिब १८ हजार ५०० उपभोक्ता छन्

ट्रान्सफर्मरमा चट्याङले क्षति पुर्‍याएपछि मर्मतका लागि बुटवल लगिएकामा झन्डै २५ दिन लाग्ने भएपछि वैकल्पिक ट्रान्सफर्मरको व्यवस्थापनमा जुटेको बुटवल पावर कम्पनी गल्याङका प्रमुख डोल खरेलले जानकारी दिए।

भएको ट्रान्सफर्मरमा चट्याङले क्षति पुर्‍याएकाले मर्मतका लागि बुटवल लानुपरेको र मर्मतमा समय लाग्ने भएपछि नेपाल विद्युत् प्राधिकरणसँग वैकल्पिक ट्रान्सफर्मर प्रयोगका लागि माग गरिएको थियो । र त्यसका लागि केही दिन लाग्ने जानकारी दिए ।