विदेश पठाइदिने भन्दै लाखौँ ठगी गरेको आरोपमा तीन जना पक्राउ

विदेश पठाइदिने भन्दै लाखौँ ठगी गरेको आरोपमा तीन जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रहरीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै लाखौँ रकम ठगी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं बूढानीलकण्ठ नगरपालिका ९ बस्ने सोलुखुम्बु सोलुदूधकुण्ड नगरपालिका १ घर भएका ३१ वर्षीय शक्ति राई, काठमाडौं बूढानीलकण्ठ नगरपालिका ११ बस्ने सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका १ घर भएकी ३९ वर्षीया विमला दोङ र काठमाडौं गोकर्णेश्वर नगरपालिका ५ बस्ने ३१ वर्षीय रोशन तामाङ रहेका छन् ।

उनीहरुलाई पक्राउपछि मंगलबार सार्वजनिक गरेको हो । पक्राउ परेकामध्ये शक्तिले न्युजिल्यान्ड पठाइदिन्छु भन्दै रु एक लाख ९५ हजार, विमलाले अजरबैजान पठाइदिने भन्दै रु १३ लाख ६० हजार तथा रोशनले क्यानडा पठाइदिने भन्दै रु २४ लाख लिई सम्पर्कविहीन भएको र पीडितहरूको उजुरीका आधारमा पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बताए ।

उनीहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आज वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रवक्ता कार्कीको भनाइ छ ।