संविधान संशोधन कार्यदलले पूर्वमहान्यायाधिवक्ताहरूसँग छलफल गर्दै

संविधान संशोधन कार्यदलले पूर्वमहान्यायाधिवक्ताहरूसँग छलफल गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले बुधबार पूर्वमहान्याधिवक्ताहरुसँग छलफल गर्दैछ ।

प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पूर्वमहान्यायाधिवक्ताहरुसँग संविधान संशोधनका विषयमा बुधबार दिउँसो छलफल गर्न लागेको हो ।

कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीले छलफलका क्रममा सहभागीहरूबाट संविधान संशोधनका विषयमा आवश्यक सुझाव सङ्कलन गरिने जानकारी दिए ।