कांग्रेस सभापति थापा र नेता खड्काबीच भेटघाट, एकताबद्ध भएर अगाडि बढ्ने सहमति

कांग्रेस सभापति थापा र नेता खड्काबीच भेटघाट, एकताबद्ध भएर अगाडि बढ्ने सहमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको आन्तरिक विवाद चुलिएको बेला सभापति गगन थापा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबीच भेटघाट भएको छ ।

खड्कासँग भेट गर्न सभापति थापा उनको गल्फुटारस्थित निवास पुगेका थिए । सभापति थापासँगै उपसभापति विश्वप्रकाश शर्माले पनि भेटघाट गरेका हुन् ।

त्यस क्रममा तीन नेताहरूबीच पार्टीको आन्तरिक विवाद मिलाउने विषयमा छलफल भएको छ ।

खड्काका स्वकीय सचिव गौतम बीसीका अनुसार पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्ने विषयमा सभापति थापा, उपसभापति शर्मा र नेता खड्का सहमत भएका हुन् ।

विशेष महाधिवेशनपछि सभापति थापाले खड्कालाई भेटेको यो दोस्रो पटक हो । यसअघि सभापति थापाले वैशाख ६ गते पनि खड्कालाई उनकै निवासमा पुगेर भेटेका थिए ।

गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट कांग्रेसका नेता तथा कार्यकर्ता विभाजित छन्। सभापति थापाले विशेष महाधिवेशनको विपक्षमा उभिएका नेतालाई समेटेर लैजान संवाद अगाडि बढाएको जनाएका छन्।

मंगलबार सभापति थापाले नेता डा. शेखर कोइरालासँग भेटवार्ता गरेका थिए। विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा उनीहरूबीच पार्टी एकता कायम राख्ने विषयमा एक घण्टा छलफल भएको थियो।