काठमाण्डु– व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल अझैं १२ दिन हिरासतमा रहने भएका छन् । बुधबार विशेष अदालतले उनीहरुलाई थप १२ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
यो पाँचौँपटक थपिएको म्याद हो ।
सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ को दफा १७ को उपदफा (४) बमोजिम थुनामा राख्न म्याद थप गरिएको छ ।
सम्पत्ति शुद्धीकरण विभागले दुवै जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।




प्रतिक्रिया