दुर्घटनामा प्रहरी सहायक हवल्दारको मृत्यु

दुर्घटनामा प्रहरी सहायक हवल्दारको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुर हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित सडकमा बिहीबार दिउँसो ट्रकले स्कुटरलाई ठक्कर दिँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ ।

नवलपुरबाट हेटौँडा बजारतर्फ आउँदै गरेको बा प्र ०३–००५ प १४१५ नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको ना५ख ५२५२ नम्बरको फलाम बोकेको ट्रकले पछाडिबाट ठक्कर दिँदा स्कुटर चालक नुवाकोटको ताँदी गाउँपालिका–६ घर भई नेपाल प्रहरी विशेष सुरक्षा गण रातोमाटे मकवानपुर दरबन्दीमा कार्यरत ३६ वर्षीय प्रहरी सहायक हवल्दार किरण श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले बताए ।

दुर्घटनामा परी गम्भीर घाइते श्रेष्ठलाई उपचारका लागि हेटौँडा अस्पताल पठाएकामा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक बोगटीले बताए । ठक्कर दिने ट्रक र ट्रक चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ निवासी २४ वर्षीय रञ्जित कार्कीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।