रास्वपाले ‘नीति मन्थन’ पुनः सुरु गर्दै

रास्वपाले ‘नीति मन्थन’ पुनः सुरु गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विगतमा सञ्चालन गरेको ‘नीति मन्थन’ कार्यक्रम पुनः सुरु गर्ने भएको छ।

पार्टी सभापति रवि लामिछानेको निर्देशन तथा वैशाख २० गते बसेको केन्द्रीय सचिवालय बैठकको छलफलका आधारमा कार्यक्रम पुनः सञ्चालन गर्न लागिएको पार्टी प्रवक्ता मनीष झाले जानकारी दिए ।

रास्वपाले वैशाख २७ गते अपराह्न ३ बजेदेखि ६ बजेसम्म काठमाण्डुको प्रदर्शनीमार्गस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा ‘विपद् जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापन’ विषयमा ‘नीति मन्थन’ कार्यक्रम आयोजना गर्ने जनाएको छ।

कार्यक्रममा विपद् व्यवस्थापनसँग सम्बन्धित विज्ञ, सरोकारवाला तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूबीच छलफल हुने रास्वपाले जनाएको छ।