काठमाण्डु – भन्सार विभागले व्यापार सहजीकरणलाई थप आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्यले नेपाल राष्ट्रिय एकल द्वार प्रणाली अन्तर्गत टिआइभी डिक्लेरेसन पोर्टल सुरु गरेको छ ।
यसअघि परम्परागत रूपमा गरिँदै आएका कार्यहरूलाई अब डिजिटल माध्यमबाट छिटो र छरितो बनाउन यो पोर्टलले सहयोग पुऱ्याउने विभागले जनाएको छ ।
यो व्यवस्थासँगै अब सरोकारवालाहरूले टिआइभी सम्बन्धी घोषणाहरू उक्त पोर्टलमार्फत अनलाइनबाटै गर्न सक्नेछन्।
नयाँ व्यवस्थाअनुसार सेवाग्राहीले टिआइभी डिक्लेरेसनका साथै त्यसबापतको भुक्तानी पनि म्यानुअल वा ई-पेमेन्ट दुवै प्रक्रियाबाट गर्न सक्ने सुविधा मिलाइएको छ।
विभागले सबै भन्सार कार्यालयहरू र तोकिएका मातहतका निकायहरूलाई यो प्रणाली नियमित रूपमा सञ्चालन गर्न निर्देशन समेत दिएको छ।
सेवाग्राहीको सहजताका लागि विभागको आधिकारिक वेबसाइट www.customs.gov.np मा टिआइभी मोड्युलको लिङ्क उपलब्ध गराइएको छ।





प्रतिक्रिया