काठमाण्डु – प्रधानन्यायाधीश सिफारिसबारे संवैधानिक परिषदले गरेको निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट दायर गर्ने प्रसाय भएको छ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता प्रेमराज सिलवालले परिषदको निर्णय खारेजीको माग गर्दै शुक्रबार रिट दायर गर्न लागेका हुन् ।
परिषद् बैठकले बिहीबार चौथो वरियताका न्यायाधीश मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरेको थियो ।
शक्तिपृथकीकरणको सिद्धान्तविपरीत भएको शर्माको सिफारिसले स्वतन्त्र न्यायालय समाप्त पार्ने दाबी रिट निवेदकको छ । निवेदनमा पहिलो वरियताकी न्यायाधीश सपना प्रधान मल्ललाई प्रधानन्याधीश बनाइनुपर्ने जिकिर गरिएको छ ।
परिषद अध्यक्षसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मल्ल, कुमार रेग्मी र हरिप्रसाद फुयाँलपछिका चौथो वरियताका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीश प्रस्ताव गरेपछि सदस्यहरु राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल र प्रमुख कांग्रेस संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले परम्परा मिच्न नहुने भन्दै आपत्ति जनाएका थिए । आफूहरुको असहमतिबीच निर्णय भएपछि दाहाल र आङ्देम्बेले निर्णयमा ‘नोट अफ डिसेन्ट लेखेका छन् ।




प्रतिक्रिया