काठमाण्डु – भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले शुक्रबार काठमाण्डुको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्।
सुकुम्बासीका घरमा क्रूरतापूर्वक डोजर चलाएर जबर्जस्ती उठीबास लगाइएको उनीहरूको भनाइ छ । उठीबासको विरोधमा संयुक्त सुकुम्बासी मोर्चा नेपालले थाल र चम्चा बोकेर माइतीघरमा प्रदर्शन गरेको हो।
उनीहरूले काठमाण्डु महानगरपालिका र सरकारले चलाएको डोजरको विरोध गरेका छन्। काठमाण्डु उपत्यकाका विभिन्न ठाउँमा रहेका सुकुम्बासी बस्तीमा वैशाख १२ देखि डोजर चलाइएको छ।
अहिलेसम्म थापाथली, गैरीगाउँ, मनोहरा, बल्खु, वंशीघाट, देवीनगर, स्वयम्भू, गंगबु र कपनका विभिन्न क्षेत्रमा रहेका सुकुम्बासी बस्ती हटाइएको छ।









प्रतिक्रिया