काठमाण्डु- मुगु कार्मारोङ गाउँपालिकाले यार्सागुम्बा सङ्कलनसम्बन्धी सुचना प्रकाशित नगरीकनै यार्सागुम्बा सङ्कलनका लागि गएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुचना प्रकाशित नभइ यार्सागुम्बा सङ्कलनकालागि गएका एक बालिका सहित २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
यसरी विना अनुमति यार्सागुम्बा सङ्कलनका लागि मानिसहरु जान थालेपछि यार्सापाटनमा सुरक्षा बढाइएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाले बताए ।
मुगुका दुई दर्जनभन्दा बढी वन तथा पाटनमा पाइने बहुमूल्य, बहुउपयोगी जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि हुम्ला, जुम्ला, बाजुरा, दैलेख, कालीकोट, अछामसहित मुलुकभर र भारतबाट सङ्कलनकर्ता र खरिदकर्ता पाटन पुग्ने गरेका छन्।
यार्सागुम्बा दुर्गमका जनताको प्रमुख आर्थिक स्रोतका रूपमा रहेको छ। यहाँ जनता आफ्नो वर्षभरिको पारिवारिक खर्च यार्सागुम्बा बिक्रीबाटै जुटाउने गर्दछन्।




प्रतिक्रिया