गायक रामकृष्ण ढकालद्वारा साइबर ब्युरोमा उजुरी

गायक रामकृष्ण ढकालद्वारा साइबर ब्युरोमा उजुरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– गायक रामकृष्ण ढकालले सामाजिक सञ्जालमार्फत आफूलाई ‘ट्रोल’ गरिएको भन्दै प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् ।

आफूममाथि संगठित रुपमा गाली गलौज गरिएको भन्दै ढकालले ब्युरोमा उजुरी दिएका हुन् । ब्युरोका प्रवक्ता एसपी दिलीप गिरीले ढकालले उजुरी दिएको पुष्टि गरे ।

कसविरुद्ध उजुरी दिएका हुन् भन्ने खुलेको छैन । ढकालले आफूलाई गाली गर्नेहरुको लिंक उजुरीसँगै समावेश गरेका छन् ।

जेनजी आन्दोलनका क्रममा २४ भदौमा नख्खु कारागारबाट निस्किएपछि रास्वपा सभापति रवि लामिछानेलाई आफ्नो निजी गाडीमा राखेर लगेको विषयमा ढकालको आलोचना भइरहेको छ ।

केही सामाजिक सञ्जिाल प्रयोगकर्ताले उनी सम्वद्ध चलचित्र नहेर्न र गीत नसुन्न भन्दै सामाजिक सञ्जालमा अभियान चलाएका छन् ।