काठमाण्डु– सरकारले नेपाली युवा अमृत झा अझै इरानी सेनाको नियन्त्रणमै रहेको बताएको छ । शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयले झालाई रिहा गरी स्वदेश फर्काउने तयारी भइरहेको जनाएको हो ।
मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले झालाई रिहा गरेर नेपाल ल्याउन सरकार प्रयासरत रहेको बताए । ‘इरानको नियन्त्रणमा रहेका अमृत झाको रिहाइ प्रक्रिया जारी छ’, उनले भने, ‘इरानको पछिल्लो विषम परिस्थितिका कारण कानूनी प्रक्रिया बाँकी छ ।’ यसअघि झा रिहा भएको र परिवारसँग टेलिफोन सम्पर्क भएको समाचारहरु बाहिर आएका थिए ।
दुबईको एक पानी जहाज कम्पनीमा क्याप्टेनका रूपमा कार्यरत झालाई तेल लिएर दुबई फर्कनै लाग्दा हर्मुज बन्दरगाहबाट इरानी सेना (इरानी रेभुलेसन गार्ड) ले अमेरिका–इरान युद्धका क्रममा पक्राउ गरेको थियो ।




प्रतिक्रिया