जिउँदो व्यक्तिको मृत्यु दर्ता बनाएको आरोपमा वडाध्यक्षसहित ३ जना जेल चलान

जिउँदो व्यक्तिको मृत्यु दर्ता बनाएको आरोपमा वडाध्यक्षसहित ३ जना जेल चलान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नवलपरासीमा जिउँदो व्यक्तिको मृत्यु दर्ता प्रमाणपत्र बनाएको आरोपमा वडाध्यक्षसहित तीन जनालाई अदालतले पुर्पक्षका लागि कारागार पठाएको छ। सुस्ता गाउँपालिका ५ का ६६ वर्षीय जमालुद्दिन मुसलमान जीवित हुँदाहुँदै मृत्यु दर्ता बनाइएको खुलेपछि घटना सार्वजनिक भएको हो।

जिल्ला अदालतले वडाध्यक्ष प्रभुनाथ अहिर, वडा सचिव सञ्जयकुमार चौधरी र तारिख मियालाई थुनामा पठाएको जनाएको छ। उनीहरूमाथि झुठा विवरण पेश गरी मृत्यु दर्ता गराएको आरोप छ।

प्रहरीका अनुसार तारिख मियाले आफ्ना मृतक बाबुको नामसँग मिल्ने अर्को व्यक्ति जमालुद्दिन मुसलमानको नाम प्रयोग गरेर मृत्यु दर्ता बनाएका थिए। जमालुद्दिनले आफ्नै मृत्यु दर्ता बनाएको थाहा पाएपछि प्रहरीका जाहेरी दिएपछि उक्त रहस्य खुलेको हो।उक्त काम नागरिकता बनाउनका लागि गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनामा संलग्न दुई जना धरौटीमा रिहा भएका छन् भने ६ जना फरार रहेका छन्।