काठमाण्डु– सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माविरूद्ध उजुरी आह्वान भएको छ ।
शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समिति बैठकले प्रस्तावित प्रधानन्यायाधीश शर्माविरूद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।
सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट आधार खोली विद्युतीय वा अन्य जुनसुकै माध्यमबाट पनि सूचना वा उजुरी दिन सकिने छ ।
जेठ ५ गते बस्ने समिति बैठकमा प्राप्त भएका उजुरी खोलिने र अध्ययन हुने समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी दिए ।
सिफारिस भएका व्यक्तिलाई संसदीय सुनुवाइले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने प्रावधान छ ।




प्रतिक्रिया