प्रस्तावित प्रधानन्यायाधीश शर्माविरूद्धको रिट सर्वोच्च प्रशासनले गर्‍यो दरपीठ

प्रस्तावित प्रधानन्यायाधीश शर्माविरूद्धको रिट सर्वोच्च प्रशासनले गर्‍यो दरपीठ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सर्वोच्च अदालतले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माविरूद्धको रिट दर्ता गर्न अस्वीकार गरेको छ।

शुक्रबार सर्वोच्च अदालत प्रशासनले प्रधानन्यायाधीश सिफारिसविरुद्ध आएको रिट दरपीठ गरेको हो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू गीता थापा र प्रेमराज सिलवालले छुट्टाछुट्टै रिट दिएका थिए तर सर्वोच्च अदालत प्रशासनले तीनवटै रिट दर्ता गर्न अस्वीकार गरेको हो।

बिहीबार संवै‌धानिक परिषद्ले रोलक्रम मिचेर शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गरेको थियो ।

वरिष्ठतम न्यायाधीशलाई छोडेर चौथो वरीयताका न्यायाधीशलाई सिफारिस गरेको भन्दै कानुन व्यवसायी रिट दिएका थिए। विधि र प्रक्रिया विपरीत प्रधानन्यायाधीश सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णय बदर गर्न आदेश माग गरिएको थियो।