काठमाण्डु- तनहुँमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका अस्थायी टहराहरु सात दिनभित्र हटाउन देवघाट क्षेत्र विकास समितीले निर्देशन दिएको छ । त्रिशुली र कालीगण्डकीको सङ्गमस्थल ‘वेणी क्षेत्रमा रहेको टहराहरु बैशाख ३० गतेभित्र हटाउन निर्देशन दिएको हो ।
गाउँपालिकाका प्रवक्ता वडा नं ५ का वडाध्यक्ष पुर्णबहादुर कुँवरका अनुसार वेणी संगम क्षेत्रको धार्मिक क्षेत्रको सौन्दर्यका लागि कदम चालिएको बताए ।
पछिल्लो समय देवघाट क्षेत्रमा बढ्दो अव्यवस्थित बसोबास र सार्वजनिक जग्गा अतिक्रमणले धार्मिक तथा पर्यटकीय गरिमामा असर पुगेको भन्दै गाउँपालिकाले यस कार्यलाई प्राथमिकतामा राखेको हो ।
यसैबीच, राम मन्दिर गुठीको नाममा रहेको १४९ रोपनी जग्गामध्ये ३० रोपनी अतिक्रमणमा परेको छ । उक्त जग्गामा ३७ घरधुरीका १०६ जना बसोबास गर्दै आएका छन् ।
गुठीको नाममा रहेको जग्गाको लालपुर्जा दिन नमिल्ने र वास्तविक भूमिहीन सुकुम्बासीलाई सङ्घीय सरकारले नै जग्गा व्यवस्थापन गर्ने तयारी गरिरहेकाले गुठीको जग्गा छोड्न अनुरोध गरिएको पनि कुँवरले बताए ।




प्रतिक्रिया