बैरेनीमा २ वटा बस र ट्रक ठोक्किँए, घाइते ३७ जनालाई काठमाण्डु ल्याइयो

बैरेनीमा २ वटा बस र ट्रक ठोक्किँए, घाइते ३७ जनालाई काठमाण्डु ल्याइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– धादिङको गल्छी गाउँपालिका–६, बैरेनीमा गए राति तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना यात्रु घाइते भएका छन्।

गएराति काठमाण्डुबाट चितवनतर्फ गइरहेको बागमती प्रदेश ०३–००१–००६ नम्बरको ट्रकलाई बागलुङतर्फ गइरहेको बागमती प्रदेश ०१–००६ ख ७४९९ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो ।

त्यसपछि उक्त बसलाई वीरगञ्जतर्फ गइरहेको अर्को बा ०१–००६ ख ६७१६ बसले पछाडिबाट ठक्कर दिएको थियो ।

दुर्घटनामा घाइते भएका ३७ जनालाई इलाका प्रहरी कार्यालय गजुरी, प्रहरी चौकी बैरेनी र स्थानीयको सहयोगमा तत्काल उद्धार गरिएको थियो।

जसमध्ये ३ जना डिस्चार्ज भइसकेका छन् भने बाँकी ३४ जनालाई काठमाण्डुका विभिन्न अस्पतालहरुमा उपचारका लागि ल्याइएको छ ।

२८ जनाको राष्ट्रिय ट्रमा सेन्टर र टिचिङ अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ भने ६ जनालाई अन्य अस्पतालमा रिफर गरिएको छ।

तीनवटै सवारी साधनमा गरी कुल ६८ जना यात्रु सवार रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

दुर्घटनामा संलग्न तीनवटै सवारी साधनका चालकहरूलाई नियन्त्रणमा लिइएको छ।