मकैबारीमा भाले गैंडा मृत फेला

मकैबारीमा भाले गैंडा मृत फेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपुर– नवलपुरको कावासोती नगरपालिका–१ लोकहा स्याउलीमा भाले गैंडा मृत फेला परेको छ ।

स्थानीय भीमबहादुर दर्जीको मकैबारीमा शुक्रबार बिहान भाले गैंडा मृत फेला परेको हो । गैंडा मरिरहेको देखेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।

जिल्ला प्रहरी र भिडिजन वन कार्यालयले टोली सो क्षेत्रमा पुगेर घटनाको अनुसन्धान अघि बढाएको छ । शरीरमा घाउचोट नदेखिएकाले बुढ्यौली वा रोगका कारण गैंडा मरेको हुन सक्ने आशंका गरिएको छ ।