मधेसका मुख्यमन्त्रीविरुद्ध मतदान गर्न जनमतको ह्वीप

मधेसका मुख्यमन्त्रीविरुद्ध मतदान गर्न जनमतको ह्वीप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर– सिके राउत नेतृत्वको जनमत पार्टीले मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्वीप लगाएको छ ।

प्रदेशसभामा मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदैछन् । जनमतले सभामा अनिवार्य उपस्थित भएर मुख्यमन्त्रीको विपक्षमा मदतान गर्न प्रदेशसभा सदस्यहरुलाई निर्देशन दिएको छ ।

‘मधेश प्रदेश सरकारको विश्वासको प्रस्तावको विपक्षमा अनिवार्य उपस्थित भई मतदान गर्न संसदीय दलको निर्णय बमोजिम संसदीय दलको सदस्यहरुलाई निर्देशन (ह्वीप) जारी गरिएको छ,’ सो पार्टीका संसदीय दलका नेता चन्दनकुमार सिंहद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
ज्नमत पार्टीले गत २१ वैशाखमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

जनमतबाट मन्त्री भएका महेशप्रसाद यादव र वसन्त कुशवाह भने सरकारमै छन् । यादव आर्थिक मामिला र योजना तथा कुशवाह समाजमन्त्री छन् । १ सय ७ सदस्यीय प्रदेशसभामा जनमतका १२ सांसद् छन् ।