काठमाण्डू– साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले बढेको छ ।
पछिल्लो तीन कारोबार दिन लगातार घटेको नेप्से शुक्रबार सामान्य बढेर बजार बन्द भएको छ ।
नेप्से १.७७ अंकले बढेर २७३१.९४ बिन्दुमा पुगेको छ । बिहीबार २७३०.१७ बिन्दुमा बजार बन्द भएको थियो ।
नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन बिहीबार ३ अर्ब २९ करोड रुपैयाँको शेयर खरिदबिक्री भएकामा यस दिन ३ सय ३८ वटा धितोपत्रको ४३ हजार ६ सय ७४ पटकको कारोबारमा ३ अर्ब ९ करोड ७९ लाख ५३ हजार रुपैयाँबराबरको ७९ लाख ३४ हजार कित्ता शेयर खरिदबिक्री भयो ।
नबिल डिबेञ्चर–२०८९ को मूल्य सर्वाधिक ७।७१ प्रतिशत बढेको छ । यस्तै मोदी इनर्जीको शेयरमूल्य ५ प्रतिशतभन्दा धेरैले बढेको छ ।
कारोबारमा आएको यूनियन हाइड्रोपावरको मूल्य सर्वाधिक १४.७९ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा यूनियन हाइड्रोपावर शीर्ष स्थानमा रह्यो ।
कम्पनीको ३० करोड ६६ लाख ४९ हजार रुपैयाँबराबरको शेयर किनबेच भयो ।
१३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ ।
बैंकिङ्ग, वित्त, होटल तथा पर्यटन, जलविद्युत, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचकमा सामान्य वृद्धि भएको छ ।




प्रतिक्रिया