बेरुजुमा मधेश अगाडि, सबैभन्दा कम बागमतीमा

बेरुजुमा मधेश अगाडि, सबैभन्दा कम बागमतीमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आर्थिक वर्ष २०८१-८२ मा ७ प्रदेशमध्ये सबैभन्दा धेरै बेरुजु मधेसमा देखिएको छ ।

बेरुजुमा मधेश प्रदेश अगाडि रहँदा सबैभन्दा कम बेरुजु बागमति प्रदेशमा देखिएको छ ।

महालेखा परीक्षकको कार्यालयका अनुसार यस वर्ष मधेस प्रदेशको बेरुजु प्रतिशत ३.७७ छ । यस प्रदेशका १ सय ५० कार्यालयको ४९ अर्ब ६९ करोड रुपैयाँ बराबरको लेखा परीक्षण गरिएको थियो । जसबाट १ अर्ब ८७ करोड बराबर बेरुजु देखिएको छ । जुन कुल लेखा परीक्षणको ३.७७ प्रतिशत हो ।

महालेखापरीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको ६३औँ सारांश प्रतिवेदनअनुसार यो वर्ष गरेको लेखापरीक्षणअनुसार मधेश प्रदेशमा पेश्की बाहेक १ अर्ब ८७ करोड ३३ लाख ६१ हजार रुपैयाँ बेरुजु देखिएको छ । साथै, यस प्रदेशले गत वर्षमा १ अर्ब ४२ करोड ३३ लाख ७६ हजार पेश्की पनि वितरण गरेको थियो, जुन अन्य सबैभन्दा धेरै हो ।

त्यस्तै, कोशी प्रदेशमा ५८ करोड ६६ लाख ८३ हजार, बागमती प्रदेशमा ६९ करोड ३७ लाख ९४ हजार, गण्डकी प्रदेशमा ५९ करोड ५० लाख १९ हजार, लुम्बिनी प्रदेशमा ७२ करोड ६९ लाख ५ हजार, कर्णाली प्रदेशमा ७७ करोड ३५ लाख ६२ हजार र सुदूरपश्चिम प्रदेशमा ६० करोड ४८ लाख ८९ हजार रुपैयाँ बराबर बेरुजु देखिएको छ ।

हालसम्मको बेरुजुमध्ये मधेश प्रदेशमा नै सबैभन्दा धेरै १ अर्ब ९८ करोड ७ लाख ६९ हजार रुपैयाँ बेरुजु पुगेको महालेखाले जनाएको छ । अन्य प्रदेशको बेरुजु भने ८० करोड भन्दा तल रहेको छ ।