चीनबाट भित्रिएको ठूलो परिमाणको भेपसहित ७ जना पक्राउ

चीनबाट भित्रिएको ठूलो परिमाणको भेपसहित ७ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डू, २ जेठ– प्रहरीले ठूलो परिमाणमा विद्युतीय चुरोट (भेप) सहित ७ जनालाई पक्राउ गरेको छ ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका३ गन्जेखोलाबाट १ हजार ६ सय २० थान भेपसहित ७ जना पक्राउ परेका हुन् ।


सिन्धुपाल्चोक प्रहरीका सूचना अधिकारी डिएसपी जेसी शाहका अनुसार ५६ लाख ७० हजार बराबरको भेप बरामद भएको छ । उनले चीनबाट भित्री बाटो हुँदै कोदारी राजमार्ग प्रवेश गर्ने क्रममा विशेष सूचनाका आधारमा चेकजाँद गर्दा भेपसहित ७ जना पक्राउ परेका बताए ।

पक्राउ पर्नेमा भोटेकोशी गाउँपालिका–४ सिन्धुपाल्चोकका ४८ वर्षीय रामबहादुर विक सोही ठाउँका ४६ वर्षीय हिमाल खड्का, ३७ वर्षीय मंगलबहादुर थामी, ३५ वर्षीय गणेश खड्का, २४ वर्षीय विकास विक र १७ वर्षीय विशाल रक्पाल छन् ।

यस्तै बाह्रबिसे नगरपालिका–५ का ४२ वर्षीय कान्छा तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पक्राउ परेकाहरुलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको जनाएको छ ।