काठमाण्डु- काठमाण्डु सुन्धारास्थित केन्द्रीय कारागारबाट एक जना महिला कैदी फरार भएको छ । कारागारको महिला ब्लकमा रहेकी २५ वर्षीया सपना तामाङ फरार रहेको जनाएको छ ।
शुक्रबार बिहान साढे १ बजेतिर कम्पाउन्डको पर्खाल नाघेर उनी भागेको हो । उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रवीण धितालका अनुसार कैदीले कारागार कम्पाउन्डको झ्यालबाट चढेर पर्खाल नाघेर फरार भएको बताए ।
नुवाकोट घर भएकी तामाङलाई अदालतले शरीर बन्धक र ज्यान मार्ने उद्योग मुद्दामा कैद सजायको फैसला गरेको थियो ।
केन्द्रीय कारागारको सुरक्षा प्रमुखमा डीएसपी शैलेश न्यौपाने छन् । केन्द्रीय कारागारस्थित महिला बन्दी गृहमा २०८२ फागुन १ मा पनि झडप भएको थियो । महिला बन्दी गृहमा ३ सय जना भन्दा बढी महिला कैदी बन्दीलाई राखिएको छ ।




प्रतिक्रिया