कुशल चम्किँदा नेपालले अमेरिकालाई ९ विकेटले हरायो

कुशल चम्किँदा नेपालले अमेरिकालाई ९ विकेटले हरायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डू– आइसिसी विश्वकप लिग–२ अन्तर्गत शनिबारको खेलमा नेपालले अमेरिकालाई हराएको छ ।

त्रिवि मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले अमेरिकालाई ९ विकेटले हराएको हो । टस जितेर पहिले ब्याटिङ रोजेको अमेरिकाले दिएको १९६ रनको लक्ष्य नेपालले ३६.४ ओभरमा सहजैै पूरा गर्‍यो ।

नेपालको जितमा ओपनर कुशल भुर्तेलले नटआउट ५० रनको योगदान दिए । भुर्तेलले १३ चौका र ४ छक्का प्रहार गरे । एकदिवसीय अन्तर्राष्ट्रियमा भूर्तेलको यो दोस्रो शतक हो ।अर्का ओपनर आशिफ शेखले अर्धशतक बनाए ७२ बलमा उनले ५८ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको अमेरिकाले ४३.३ ओभरमा नेपाललाई १९५ रनको लक्ष्य दिएको थियो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४ विकेट लिए । सोमपाल कामीले २ तथा सन्दीप लामिछाने र गुल्सन झाले एक/एक विकेट लिए । शुभम रन्जने र मोहम्मद मोशिन रन आउट भए ।

अमेरिकाका लागि कप्तान तथा ओपनर स्मित पटेलले सर्वाधिक ८३ रन बनाए । उनले ८९ बलमा ८ चौका र ३ छक्का प्रहार गरे । शेहान जयसुरियाले ५३ बलमा ५ चौका र १ छक्काको मद्धतले अर्धशतक बनाए । उनले ५० रन जोडे । मिलिन्ड कुमारले २८ रन बनाउँदा अन्य ब्याटर दोहोरो अंकको रन बनाउन असफल रहे ।

जितसँगै सातौं स्थानमा रहेको नेपालले २० अंक बनाएको छ । छैटौं स्थानको क्यानडाको २१ अंक छ । नेपाल विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुन बाँकी १० वटै सबै खेल जित्नुपर्छ ।