संविधान संशोधनको विषयमा कांग्रेसले आज जेन-जी अगुवासँग छलफल गर्दै

संविधान संशोधनको विषयमा कांग्रेसले आज जेन-जी अगुवासँग छलफल गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसले आइतबार संविधान संशोधनका लागि जेनजी अगुवासँग छलफल गर्ने भएको छ ।

छलफलका लागि कांग्रेसले आइतबार दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा जेनजी अगुवाहरूलाई बोलाएको कांग्रेसले जनाएको छ ।

कांग्रेसको संविधान संशोधन अध्ययन तथा सुझाव पेस गर्न गठित समितिले जेनजी अगुवाहरूसँग रायसुझाव संकलन गर्न भन्दै बोलाएको हो । जसमा १८ जना जेनजी अगुवालाई पत्र पठाइएको छ ।

जेनजी अगुवासँगको छलफलमा सभापति गगन थापा, संविधानविद तेजमान श्रेष्ठ, प्राडा। कृष्ण खनाललगायत सभागी हुने कांग्रेसले जनाएको छ ।