असन्तुष्टलाई थापाको आह्वान : मागेको जुनसुकै पद दिन्छु, सँगै लिएर काम गर्न चाहन्छु

असन्तुष्टलाई थापाको आह्वान : मागेको जुनसुकै पद दिन्छु, सँगै लिएर काम गर्न चाहन्छु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र असन्तुष्ट पक्षलाई मागेको जुनसुकै पद दिएर सँगै लिएर काम गर्न चाहेको जानकारी दिएका छन् ।

आईतबार काठमाण्डुमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै सभापति थापाले पार्टीको केन्द्रीय समितिबाहिर रहेका नेताहरूसँग मिलेर काम गर्न तयार रहेको बताए ।

‘पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित हुनुभएका नेताहरूको जो अहिले हुनुहुन्न, केन्द्रीय समितिभित्र म त्यो प्रत्येक नेता जो चाहनुहुन्छ, अहिलेको केन्द्रीय समितिभित्र ल्याएर मानका साथ वरिष्ठ नेता बनाउनुपर्नेलाई वरिष्ठ नेता, जसलाई जे ठाउँमा राख्ने हो राखेर म उहाँहरूलाई सँगै लिएर सहभागी गराएर काम गर्न चाहन्छु । यो मेरो प्रस्ताव हो ।’

आगामी महाधिवेशनको निर्वाचन समितिमा पनि कांग्रेस बाहिर रहेका नेताहरूको प्रस्ताव र सहमतिमा राख्न तयार रहेको उनले जानकारी दिए ।