काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको केन्द्रीय लेखा समितिमा ३ जना विषय विज्ञहरूलाई सदस्य पदमा मनोनयन गरेका छन् ।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यबाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी प्रेस विज्ञप्ति अनुसार सभापति थापाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा ३८ को उपधारा (१) बमोजिम ती सदस्यहरूलाई मनोनयन गरेका हुन् ।
केन्द्रीय सदस्य भरतकुमार शाहको संयोजकत्वमा गठित लेखा समितिको सदस्य पदमा मनोनयन हुने विषय विज्ञहरूमा धनुषाका दिलिप ढुंगाना, भक्तपुरका रमेश नेपाल र गुल्मीका पदम भट्टराई रहेका छन् ।
पार्टीको आर्थिक पारदर्शिता र लेखा प्रणालीलाई व्यवस्थित बनाउन विधानको व्यवस्था अनुसार विषय विज्ञहरूलाई समितिमा समेटिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।





प्रतिक्रिया