एनपीएल हेर्न जाने दर्शकका लागि कडा नियम : यी वस्तु बोकेर गए पाइने छैन प्रवेश

एनपीएल हेर्न जाने दर्शकका लागि कडा नियम : यी वस्तु बोकेर गए पाइने छैन प्रवेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण अन्तर्गत सोमबार अपराह्न उद्घाटन कार्यक्रम हुँदैछ।

उद्घाटन कार्यक्रमसँगै सिजनको पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिड्दै छन्। लुम्बिनी रोहित पौडेल र सुदुरपश्चिम दिपेन्द्रसिंह ऐरिको कप्तानीमा मैदानमा उत्रिनेछ।

खेलअघि अहिले त्रिवि क्रिकेट मैदानमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। प्रहरीले अहिले क्रिकेट मैदानबाहिर माइकिङ गरिरहेको छ।

प्रहरीले तीन नम्बर लेखिएका रातो, पहेँलो र आकाशे रंगको टीकट बोक्नेलाई मात्रै स्टेडियमभित्र प्रवेश गराइने बताएको छ।

त्यस्तै टिकटबहाक दर्शकले पानीको बोतल पनि लान नपाउने भएका छन्। यस्तै फलाम र प्लास्टिक जन्य वस्तु पनि बोकेको भए प्रवेश निषेध गरिएको छ।

प्रहरीले स्टेडियम छिर्दा नेपाली झण्डा वा एनपीएलका कुनै टीमको समर्थनमा ल्याएको झण्डामा फलाम र काठजन्य राखेको भए पनि प्रवेश गर्न नदिने भएको छ।

स्टेडियमभित्र हेल्मेट पनि निषेध गरिएको छ। प्रहरीले हेल्मेट बोकेको भए सुरक्षित ठाउँमा राखेर मात्रै स्टेडियम छेत्रमा आउन आग्रह गरेको छ।