जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी – प्रहरीले कंचनरूप नगरपालिका–४ बकालमा जुवातास खेलिरहेको अवस्थामा १० जनालाई पक्राउ गरेको छ ।

स्थानीय ५९ वर्षीय महेश चौधरीको घरमा जुवातास खेलिरहेको अवस्थामा महेश समेत १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय कंचनपुर समेतबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद २ लाख ३६ हजार ८१० रूपैयाँ र ८ बूक ताससहित पक्राउ गरेको छ ।

जुवातास सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।