काठमाण्डु – ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका–७ स्थित चाँगाथलीमा नक्कली ब्राण्डेड मदिरा बनाउने ठाउँमा सशस्त्र प्रहरीले छापा मारेको छ ।
त्यहाँबाट ठूलो मात्रामा रेडलेवल, ब्ल्याक लेवल लगायत महंगा ब्राण्डेड रक्सी समेत बरामद गरेकोे छ ।
सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स व्यूरोको विशेष सूचनाको आधारमा बिर्खबहादुर तामाङको घरमा अवैध रूपले नक्कली ब्राण्डेड मदिरा तयार गरिरहेका ४ जनालाई समेत नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिइएकाहरूमा रामेछाप जिल्लाको खाँडादेवि गाउँपालिका–२ बस्ने ३० वर्षिय मनोज खत्री, जिल्लाको खिम्ति गाउँपालिका बस्ने २८ वर्षिय विनोद तामाङ, २६ वर्षीय विवेक तामाङ र सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका–६ बस्ने २२ वर्षीय छिदेन निमा तामाङ छन् ।
सशस्त्र प्रहरीले रक्सी बनाउन प्रयोग हुने केमिकल तथा उपकरण, राजस्वको स्टिकर र होलोग्राम समेत बरामद गरेको छ । नियन्त्रणमा लिइएकाहरूलाई बरामद सामानसहित आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको छ ।




प्रतिक्रिया