काठमाण्डु – ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण पुरुषलाई अश्लील क्रियाकलाप गरी हैरानी दिने ९ विदेशी महिला पक्राउ परेका छन् ।
प्रहरी वृत्त लैनचौरबाट खटिइएको टोलीले काठमाण्डु महानगरपालिका–२६ ठमेल क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको छ ।
ठमेल क्षेत्रमा हिँड्ने पर्यटक तथा सर्वसाधारण पुरुषलाई बाटो छेकी अश्लील क्रियाकलापसम्बन्धी मोलमोलाइ गरी दु:ख दिइरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।




प्रतिक्रिया