स्वास्थ्य अवस्था विग्रिएपछि केसीलाई काठमाडौं ल्याईयो


काठमाडौं– इलाममा १६ औं पटक अनसनमा बसेका प्राध्यापक डाक्टर गोविन्द केसीलाई काठमाडौं ल्याइएको छ । सरकारले केसीलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्यार्ई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।

चिकित्सकहरुले उनको उपचार नगरे स्वास्थ्य अवस्था गम्भीर हुने चेतावनी दिएपछि उनलाई काठमाडौं ल्याइएको हो । केसीलाई शिक्षण अस्पतालको आईसीयूमा भर्ना गरिएको छ ।

मुटुमा समस्या देखिएपछि केसीलाई इलामबाट भद्रपुरसम्म एम्बुलेन्समा र भद्रपुरबाट नेपाली सेनाको नाइटभिजन हेलिकप्टरबाट काठमाण्डौ ल्याइएको हो । केसीले शिक्षण अस्पतालमा नै आफ्नो अनसनलाई जारी राखेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement